विपी राजमार्गको धुलिखेल–भकुण्डे सडक एकतर्फी सञ्चालनमा

विपी राजमार्गको धुलिखेल–भकुण्डे सडक एकतर्फी सञ्चालनमा

मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • विपी राजमार्गको धुलिखेल–भकुण्डे सडक एकतर्फी सञ्चालनमा

    काठमाडौं । बीपी राजमार्ग अन्तर्गत धुलिखेल–भकुण्डे सडकखण्ड एकतर्फ़ी सञ्चालनमा भएको छ । काभ्रेको सदरमुकाम धुलिखेलदेखि भकुण्डेबेसी सम्मको सडक सोमबार रातीबाट सञ्चालनमा आएको हो । 

    उक्त खण्ड सञ्चालन भएपनि बीपी राजमार्गको नौबीसे–फेदी खण्डमा दाप्चा खोला तथा चौकीडाडा देखी सिन्धुलीको सिमाना सम्म ११ ठाउको ३ हजार मिटर सडकमा बाढी र पहिरोका कारण क्षति पुगेको छ ।

    रोशीदेखि मान्ती खोलासम्मको सडकखण्डमा रोशी खोलाको बाढीले सडक नै गायब बनाएकाले तत्काल सञ्चालन हुन असम्भव रहेको छ । सो सडकखण्ड ठाउँ–ठाउँमा बाढीले कटान गर्दा सयौँ यात्रु बिचमा अलपत्र परेका थिए । केहीको उद्धार भएकोमा केही अझै उद्धारको प्रतीक्षामा छन् । केही उद्धारको प्रतिक्षा गर्दा बाटोमै अलपत्र परिने डरले पैदल नै काठमाडौंका लागि हिँडेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij