काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।
सोमबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ६ सय र सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।