काठमाडौँ । बाढीपहिरो र डुबानका कारण मृत्युु हुनेको संख्या दुई सय १७ पुुगेको छ । मंंगलवार बिहानसम्मको तथ्यांक अनुुसार, थप २८ जना बेपत्ता भएका छन् ।
सो विपद्मामा परेर एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेका छन् । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जनाइएको छ ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको मन्त्रालयले जनाएको छ।