चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

    काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।

    आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा १ रुपैयाँ, डिजेलमा २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकमा ६ रुपैयाँ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५ रुपैयाँ, मट्टीतेलमा २ रुपैयाँ घटाइएको जनाएको छ । 

    एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । 

    इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij