काठमाडौँ । पछिल्लो बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २०९ पुुगेको छ । गृह मन्त्रालयका अनुुसार, असोज १० गतेदेखि १२ गतेसम्म देशमा परेको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ जना पुगेकोे हो ।
मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले २०९ जनाको मृत्यु, २९ जना बेपत्ता र १४२ जना घाइते भएको जानकारी दिए। खोज तथा उद्धार जारी रहेको र आजसम्म ७१३ जनाको हवाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुरलगायतका स्थानबाट घाइते, विरामी तथा अलपत्र परेकाको उद्धार गरिएको तिवारीको भनाई छ ।