आजबाट लागू हुने गरी देशभर रुट परमिट खुला

आजबाट लागू हुने गरी देशभर रुट परमिट खुला

सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • आजबाट लागू हुने गरी देशभर रुट परमिट खुला

    काठमाडौं । सरकारले आजैदेखि देशभरि रुट परमिट खुला गरेको छ । उक्त रुट परमिट आजदेखि दशैंको पूर्णिमासम्म कायम रहने छ । यसअघि सरकारले दशैंको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको थियो ।

    तर, अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन नसकेको अवस्था र प्राकृतिक विपत्तिका कारण यात्रु बाटोमा अलपत्र गरेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले आजैदेखि रुट परमिट खुला गर्ने निर्णय जनाइएको छ । 

    अहिलेकै रुट परमिटलाई आधार मान्दा असहजता उत्पन्न भएका कारण नेपालभर रुट परमिट खुला गरिएको जनाइएको छ । अहिले दशैंसहितका ठूला चाडपर्वमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुको संख्या बढ्दै गएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij