नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    काठमाडौं ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिंदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका – ४ दाउन्ने जंगलस्थित खुर्सानी खोलामा सडक भासिएपछि सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ । 

    सडकको माथिल्लो भागमा रहेको पर्खाल भत्किएपछि विद्युत् हाइटेन्सन लाइन सडकमा ढलेको थियो । उक्त पोल हटाउने प्रयास गर्दागर्दै सडक भासिएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

    सोमबार साँझ ५ बजेपछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहे पनि तत्काल सम्भव नभएको प्रहरीले जनाएको छ । सडक डेढ फिट भासिएको र बाँकी भाग पनि चर्किएकाले मर्मतसम्भारका लागि सडक डिभिजन कार्यालय चितवन र विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । 

    सडक अवरुद्ध भएपछि नारायणगढबाट आउँदै गरेका सवारी साधनलाई दुम्कीबास र बुटवल तर्फबाट जाँदै गरेका सवारी साधनलाई बर्दघाटमा रोकिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij