बाढी पहिरोमा मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय

बाढी पहिरोमा मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय

सोमवार, आषाढ ३१ २०८१
सोमवार, आषाढ ३१ २०८१
  • बाढी पहिरोमा मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय

    काठमाडौं ।  सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। 

    बिपद्का कारण बेपत्ता भइ घटना घटेको १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

    यसैगरि, २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त बनाउने निर्णय भएको छ भने कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माण तीन सय दिनभित्र फिट गर्ने निर्णय भएको छ। 

    मन्त्रिपरिषद्का समितिमा लगिएका वा प्रक्रियामा भएका सम्पूर्ण प्रस्तावहरू मन्त्रालयमा फिर्ता गराउने निर्णय गरिएको समेत भएको छ।  त्यस्तै, जाजरकोटका भूकम्प पीडितलाई दोस्रो र तेस्रो किस्ता राहत रकम उपलब्ध गराउने निर्णय भएको छ।  

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij