मेलम्ची खोलाले बगाएर एक जनाको मृत्यु

मेलम्ची खोलाले बगाएर एक जनाको मृत्यु

बिहिवार, आषाढ १३ २०८१
बिहिवार, आषाढ १३ २०८१
  • मेलम्ची खोलाले बगाएर एक जनाको मृत्यु

    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- ५ सिरिशे बस्ने २२ वर्षीया निशा कुमारी तामाङको मेलम्ची खोलाले बगाएर बिहीबार बिहान मृत्यु भएको छ ।

    खोला तर्ने क्रममा बगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हेलम्बु, प्रहरी चौकी तालामाराङ र अस्थायी प्रहरी पोष्ट शेराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा मेलम्ची गाउँपालिका–६ स्थित मेलम्ची खोलामा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij