कुवेतको एक घरमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु

कुवेतको एक घरमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • कुवेतको एक घरमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु

    काठमाडौं । कुवेतमा भवनमा भएको आगलागीबाट ४१ भन्दा बढीको मृत्यु भएको छ । कुवेतमा करिब २ सय विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहानै आगलागी हुँदा ४१ जनाभन्दा बढीको मृत्यु भएको हो ।

    आगलागीबाट दर्जनौँ घाइते भएका छन् । विदेशी कामदारहरू रहेको भवनमा आगलागी भए पनि हालसम्म उनीहरूको राष्ट्रियता भने खुलेको छैन ।

    आगलागीमा अधिकांश भारतीय नागरिक परेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।अहिले आगलागी नियन्त्रणमा आएको छ । स्थानीय प्रहरीले आगोको धुँवाबाट निसासिएर धेरैको ज्यान गएको प्रतिक्रिया दिएको छ । 

    कुवेतका उपप्रधानमन्त्री तथा रक्षामन्त्री शेख फहाद अलयुसुफ अलसबाहले घरको मालिकलाई पक्राउ गर्न निर्देशन दिएका छन् । आगलागीलाई नियन्त्रणमा लिइसकेका छन्। तर के कारणले आगलागी भएको हो भन्नेबारे खुलिसकेको छैन।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij