वर्षाले खाँदबारी–नुम सडकमा एक करोड रुपैयाँको क्षति, सडक अवरुद्ध

वर्षाले खाँदबारी–नुम सडकमा एक करोड रुपैयाँको क्षति, सडक अवरुद्ध

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • वर्षाले खाँदबारी–नुम सडकमा एक करोड रुपैयाँको क्षति, सडक अवरुद्ध

    काठमाडौं । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ ।

    यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।

    वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । वर्षाले पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब १ करोड रुपैयाँको क्षति भएको उनले जानकारी दिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij