मुख्यमन्त्री कार्यालयकै कर्मचारीकाे नक्कली 'सर्टिफिकेट'

मुख्यमन्त्री कार्यालयकै कर्मचारीकाे नक्कली 'सर्टिफिकेट'

मंगलवार, जेठ २९ २०८१
मंगलवार, जेठ २९ २०८१
  • मुख्यमन्त्री कार्यालयकै कर्मचारीकाे नक्कली 'सर्टिफिकेट'

    काठमाडौं । सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय धनगढीमा कार्यरत शाखा अधिकृतले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएकाे खुलेकाे छ ।

    सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका साताैँ तहका शाखा अधिकृत लक्ष्मण शाहले भारतकाे उत्तर प्रदेश राज्यकाे माध्यमकि शिक्षा परिषद‍्बाट इन्टरमिडियट (कक्षा १२) तहकाे परीक्षा उत्तीर्ण गरेकाे भनी झुटा शैक्षिक याेग्यताकाे प्रमाणपत्र पेश गरी जागिर खाएकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले जनाएकाे छ । शाहले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी कम्प्युटर अपरेटर हुँदै शाखा अधिकृतसम्म भएका विज्ञप्तिमा उल्लेख छ ।

    अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाण्डाैमा आरोप पत्र दायर गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij