काठमाडौं । काठमाडौंको सातदोबाटोस्थित स्वीमिङ पुलमा डुबेर एक युवकको मृत्यु भएको छ । आइतबार दिउँसो पौडी खेल्ने क्रममा ललितपुरको महांकाल गाउँपालिका– ३ घर भई ललितपुर महानगरपालिका–१७ बाफल बस्ने २३ वर्षका उज्जल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साढे ११ बजे पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका उनलाई उद्दार गरेर बीएण्डबी अस्पतालमा उपचारका लागि लगिएकव थियो । तर चिकित्सकले ३ बजे मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।