स्क्वायर सहकारीको ७ करोड हिनामिना गरेको आरोपमा तीन जना पक्राउ

स्क्वायर सहकारीको ७ करोड हिनामिना गरेको आरोपमा तीन जना पक्राउ

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • स्क्वायर सहकारीको ७ करोड हिनामिना गरेको आरोपमा तीन जना पक्राउ

    काठमाडौं । स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको ७ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कुलेश्वरका ६६ वर्षीय बासुदेवमान जोशी, केल टोलका ६७ वर्षीय सुवर्ण सेलालिक र नरदेवीका ५८ वर्षीय धर्मरत्न पाछैं रहेका छन् । 

    उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । जोशी सञ्चालक समितिका अध्यक्ष, सेलालिक सचिव र पाछैं सदस्य हुन् ।

    आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार ८ सय ६० रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । पक्राउ परेकाहरू विरुद्ध सहकारी ठगीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जनाइएको छ । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij