बाल मन्दिर जग्गा प्रकरण : बाल संगठनका तत्कालीन उपाध्यक्ष श्रेष्ठ हाजिर जमानीमा रिहा

बाल मन्दिर जग्गा प्रकरण : बाल संगठनका तत्कालीन उपाध्यक्ष श्रेष्ठ हाजिर जमानीमा रिहा

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • बाल मन्दिर जग्गा प्रकरण : बाल संगठनका तत्कालीन उपाध्यक्ष श्रेष्ठ हाजिर जमानीमा रिहा

    काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा पक्राउ परेका नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ हाजिर जमानीमा छुटेका छन्।  नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत शुक्रबार पूर्वउपाध्यक्ष श्रेष्ठलाई पक्राउ गरेको थियो।

    उनलाई सरकारी वकिल कार्यालय काठमाडौंमा त्यही दिन उपस्थित गराएर बयान लिइएको थियो। बयान सकेसँगै उनलाई हाजिर जमानीमा छाडिएको हो ।  प्रहरीले बाल मन्दिरको जग्गा भाडा प्रकरणमा एक महिनाअघि नै २० जनाविरुद्ध पक्राउ पुर्जी लिएको थियो । तर कोही पक्राउ परेका थिएनन् ।

    बाल मन्दिरमा झण्डै तीन दशक नेतृत्वमा रहेकी रिता सिंह सहितविरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले कसैलाई नियन्त्रणमा लिएको थिएन । पक्राउ गरेर अनुसन्धान गरिरहनु पर्ने नदेखिएको भन्दै सीआईबीले कसैलाई पक्राउ नगर्ने नीति लिएको थियो ।

    तर पक्राउ नगरेको भन्दै प्रश्न उठेपछि ब्यूरोले श्रेष्ठलाई समातेको थियो । तर, दुई दिनमै उनी पनि छुटेका छन् ।

    पक्राउ पुर्जी जारी हुने अन्यमा बाल संगठनका तत्कालीन उपाध्यक्षहरू तुलसीनारायण श्रेष्ठ, योगेन्द्रबहादुर शाही, तत्कालीन महासचिवहरू गणेशदत्त श्रेष्ठ सुवासकुमार पोखरेल, श्यामकुमार आले, प्रचण्डराज प्रधान, रामकाजी कोने, तत्कालीन उपमहासचिव सुमन शाक्य, संगठनका तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णबहादुर साह, संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र तत्कालीन उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ छन् ।

    त्यसैगरी वृहस्पति विद्या सदनका तर्फबाट तत्कालीन अध्यक्ष पुरुषोत्तमराज जोशी, अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी, विद्या सदनका तत्कालीन सञ्चालक प्रवीणराज जोशी, ऋद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया, कृतिप्रसाद पाण्डे र मुरारी निधि तिवारीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

    नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक(पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो। २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ।

    नक्सालमा रहेको करिव २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो। यसरी जग्गामा विभिन्न गतिविधि सञ्चालन गरेको आरोपमा २० जनाविरूद्ध वैशाख २७ गते पक्राउ पुर्जी जारी भएको थियो। त्यसमध्ये श्रेष्ठलाई पक्राउ गरेको हो। अनाथ र सहाराहीन बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij