मलेसियामा ट्रकको ठक्करबाट रौतहटका युवकको मृत्यु

मलेसियामा ट्रकको ठक्करबाट रौतहटका युवकको मृत्यु

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • मलेसियामा ट्रकको ठक्करबाट रौतहटका युवकको मृत्यु

    काठमाडौं । रौतहटबाट बैदेशिक रोजगारीमा मलेसिया गएका एकजना युवकको दुर्घटनामा परेर मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका अवधलाल साह सोनारको २६ वर्षीय छोरा राकेश कुमार सोनार मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

    मलेसिया स्थित कम्पनीबाट कामसकेर कोठामा फर्किनेकर्ममा गत १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ । मृतकको को शव १० दिनपछी सनिवार साँझ उनको घरमा ल्याएर गएराती अन्तेष्टि गरिएको छ ।  

    हिन्दू परम्परा अनुसार लाल बैकया नदी किनारमा उनको दाहसंस्कार गरिएको छ । मलेसियास्थित नेपाली राजदूतावासले उनी कामगर्ने कम्पनीबाट क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ ।

    पछिल्लो एकवर्ष देखि उनी बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij