५८ वर्षीया महिलालाई रडले हानेर हत्या गर्ने ५५ वर्षीय पुरूष पक्राउ

५८ वर्षीया महिलालाई रडले हानेर हत्या गर्ने ५५ वर्षीय पुरूष पक्राउ

शनिवार, जेठ २६ २०८१
शनिवार, जेठ २६ २०८१
  • ५८ वर्षीया महिलालाई रडले हानेर हत्या गर्ने ५५ वर्षीय पुरूष पक्राउ

    काभ्रे । तेमाल गाउँपालिका-२ काफलबोट बस्ने ५८ वर्षीया साईली तामाङलाई फलामको रड प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय मानध्वज तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    मानध्वजले मादक पदार्थ सेवन गरी साईलीलाई फलामको रड प्रहार गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पचवारघाट र इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij