ट्रकले ठक्कर दिँदा वृद्धको मृत्यु

ट्रकले ठक्कर दिँदा वृद्धको मृत्यु

बिहिवार, जेठ २४ २०८१
बिहिवार, जेठ २४ २०८१
  • ट्रकले ठक्कर दिँदा वृद्धको मृत्यु

    काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं.१ नौडाँडामा बिहीबार ट्रकको ठक्करले पैदल यात्रीको मृत्यु भएको छ । दिउँसो पौने २ बजेतिर अनलोड गरी ब्याक गर्ने क्रममा ग१क २६२५ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका दुर्गाप्रसाद दाहालको मृत्यु भएको हो ।

    पैदल हिँडिरहेका ७० वर्षीय दाहाल ट्रकको ठक्करबाट घाइते भएपछि उपचारका लागि पोखराको मेट्रोसिटी अस्पताल पठाइएको थियो । दाहालको उपचारका क्रममा पौने ३ बजे मृत्यु भएको हाे ।

    उक्त ट्रक र त्यसका चालक धादिङको गल्छी गाउँपालिका २ बस्ने ३५ वर्षीय लेखबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij