स्वाथ्य मन्त्रालयले गर्यो मातहतका विभागमा कर्मचारी हेरफेर

स्वाथ्य मन्त्रालयले गर्यो मातहतका विभागमा कर्मचारी हेरफेर

बुधवार, जेठ २३ २०८१
बुधवार, जेठ २३ २०८१
  • स्वाथ्य मन्त्रालयले गर्यो मातहतका विभागमा कर्मचारी हेरफेर

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही विभाग र अस्पताल प्रमुखमा जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रीले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यका केही उच्च अधिकारीको सरुवा गरेका हुन् ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा यदुचन्द्र घिमिरेलाई जिम्मेवारी दिइएको छ । यस्तै, आयुर्वेद विभागको निर्देशकमा डा. प्रदीप केसीलाई सरुवा गरेको छ । उनी यसभन्दा अगाडी सिंहदबार आयुर्वेद औषधालयको प्रमुखको जिम्मेवारीमा थिए ।

    यसअघिका निर्देशक डा. वासुदेव उपाध्याय लुम्बिनी प्रदेश अन्तरगत सरुवा भएपछि केसीलाई विभागको जिम्मेवारी दिइएको हो ।

    भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. कृष्ण प्रसाद पौडेललाई दिएको छ । भरतपुर अस्पतालमा यसअघि डा. श्रीराम तिवारी प्रमुख थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij