६९ लाखसहित ४ जना चिनियाँ नागरिक भक्तपुरको जगातीबाट पक्राउ

६९ लाखसहित ४ जना चिनियाँ नागरिक भक्तपुरको जगातीबाट पक्राउ

बुधवार, जेठ २३ २०८१
बुधवार, जेठ २३ २०८१
  • ६९ लाखसहित ४ जना चिनियाँ नागरिक भक्तपुरको जगातीबाट पक्राउ

    काठमाडौं ।  प्रहरीले स्रोत नखुलेको रकमसहित ४ जना चिनियाँ नागरिकहरूलाई भक्तपुरको जगातीबाट पक्राउ गरेको छ । भक्तपुरमा चेकजाँचका क्रममा उनीहरूलाई स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँसहित प्रहरीले बुधबार पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा चीन घर भई हाल काठमाडौंमा बस्‍ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ हाओरान, २४ वर्षीय क्यूओ हाओरान र ३६ वर्षीय दिना लाइयू रहेका छन् ।

    पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाएको प्रहरीले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij