अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले असार १२ गते फैसला सुनाउने

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले असार १२ गते फैसला सुनाउने

बुधवार, जेठ २३ २०८१
बुधवार, जेठ २३ २०८१
  • अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले असार १२ गते फैसला सुनाउने

    काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले असार १२ गते निर्णय सुनाउने भएको छ । तत्कालीन माओवादीले सञ्चालन गरेको 'जनयुद्ध'को क्रममा श्रीमान्‌ अर्जुन लामाको हत्यामा संलग्न रहेको भन्दै काभ्रेकी पूर्णिमाया लामाले सापकोटालगायत विरुद्धको जाहेरीका विषयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मीको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरी निर्णय (फैसला) सुनाउने मिति तोकेको हो ।

    अर्जुनलाई २०६२ वैशाख १६ गते श्रीकृष्ण मावी दाप्चामा अभिभावक भेला स्थलबाट अपहरण गरी बेपत्ता पारिएको थियो । साउनको तेस्रो साता लामालाई नै खाल्डो खल्न लगाई ज्यूँदै पुरेको भनी पूर्णिमायाले २०६४ मा काभ्रे जिल्ला अदालतमा जाहेरी दिएकी थिइन् । तर प्रहरीले जाहेरी लिन नमानेपछि पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

    त्यसउपर सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०६४ फागुन २२ गते जाहेरी दर्ता गराउने आदेश जारी गरेको थियो । किटानी जाहेरीमा माओवादी नेता अग्नि सापकोटाको समेत नाम थियो । उनको नाममा प्रहरीले पक्राउ पूर्जीसमेत जारी गरेको थियो । त्यसमा सापकोटा सहित सूर्यमान दोङ लगायत ६ जनाको नाम थियो ।

    सापकोटा सञ्चार मन्त्रीमा नियुक्त भएपछि उनको नियुक्ति बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । सर्वोच्च अदालतले हरेक १५ दिनमा अनुसन्धानको प्रतिवेदन पेस गर्नु भनी प्रहरीलाई आदेश दिएको थियो ।

     त्यसपछि सापकोटा विरुद्धको दर्ता जाहेरी बाबुराम भट्टराई नेतृत्वको सरकारले तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यही निर्णयविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन थियो । संवैधानिक इजलासले तीन सातापछि निर्णय सुनाउने आदेश गरेको हो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij