काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेस र लोसपाले विश्वासको मत दिने भएका छन् ।
कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो भने यस्तै लोसपा मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री यादवले आज अथात् बुधबार प्रदेशसभामा विश्वासको मत दिँदैछन् ।
मधेश प्रदेश सभामा कांग्रेसको २२, जसपाको १९ र लोसपाको ८ सिट छ । यो संख्या ४९ मात्र पुग्छ । मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिन ५४ सांसदको समर्थन जुटाउनुपर्छ ।