काठमाडौं । तीनकुनेको किराना स्टोरमा आगलागी भएको छ । खाद्यान्नलगायत किरानाका सामानहरू स्टोर गरेर राखिएको ‘गु्रप अन ट्रेडिङ डिलर’ गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परि धनुषा घर भई कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ घाइते भएका छन् । उनीहरु दुबै जना स्टोरमा काम गर्ने व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घाइते दुबै जनाको अवस्था सामान्य रहेको र उनीहरुको तीनकुनेकै कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।