१५ दिनभित्रमा आफ्नै फार्मेसी सञ्चालन गर्न काठमाडौं महानगरको निर्देशन

१५ दिनभित्रमा आफ्नै फार्मेसी सञ्चालन गर्न काठमाडौं महानगरको निर्देशन

बुधवार, जेठ २३ २०८१
बुधवार, जेठ २३ २०८१
  • १५ दिनभित्रमा आफ्नै फार्मेसी सञ्चालन गर्न काठमाडौं महानगरको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै अस्पतालहरुलाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौं महानगरभित्र रहेका सबै अस्पतालहरुमा आफ्नै फार्मेसी सञ्चालनका लागि १५ दिनको अल्टिमेटम दिएको हो ।

    काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित अस्पतालहरूलाई १५ दिनभित्र अनिवार्य रुपमा आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालन गर्न निर्देशन दिएको छ । ताकिएको समयभित्र पसल नचलाए कारवाही गर्ने चेतावनी महानगरले दिएको छ । आफ्नै पसलबाट आएका विरामीहरूलाई औषधी खरिद गर्ने व्यवस्था मिलाउन भनिएको छ । 

    हाल महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन नगरेका कारण महानगरपालिकाले पसल सञ्चालन गर्न निर्देशन दिएको हो । 

    अस्पतालहरूले अन्य व्यक्तिहरूलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट वञ्चित भइरहेको ठहर महानगरपालिकाले गरेको छ । अन्य व्यक्तिहरूलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट वञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि र औषधिजन्य सामग्रीहरू बिक्री भइरहेको गुनासो प्राप्त भएको महानगरले जनाएको छ । 

    महानगरले अस्पतालहरूले अनिवार्य रुपमा आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पतालहरूलाई आफ्नो स्वामित्वमा अनिवार्य रुपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि स्मरण गराएको छ । 

    सर्वोच्चको आदेश र तोकिएको मापदण्ड बमोजिम महानगरवासीको स्वास्थ्य सेवा सरल र सुलभ रुपमा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै अस्पतालले १५ दिनभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्नको लागि यो सार्वजनिक सूचनामार्फत् सूचित गरिन्छ, महानगरको सूचनामा भनिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij