स्टार्टअप नीति पारित भएकोमा महासंघको स्वागत

स्टार्टअप नीति पारित भएकोमा महासंघको स्वागत

बुधवार, जेठ २३ २०८१
बुधवार, जेठ २३ २०८१
  • स्टार्टअप नीति पारित भएकोमा महासंघको स्वागत

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महसंघले स्टार्ट अप नीति पारित भएकोमा खुसी व्यक्त गरेको छ । मंगलबार महसंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्ट अप विस्तारमा यो नीति महत्त्वपूर्ण कोशेढुंगा भएको बताए ।

    दुई वर्षअघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई बुझाएको महासंघले जनाएको छ । यसलाई थप छलफल गरी मन्त्रिपरिषद्ले पारित गरेको छ ।

    विकसित देशहरूमा स्टार्टअप स्थापित भएसँगै नेपालमा पनि यसको चर्चा र चासो हुन थालेको महासंघले बताएको छ । व्यवसायमा नयाँ सोचको प्रार्दुभाव भइरहेका र स–सानो लगानीमा नयाँ विचारसहित व्यवसाय उदाउन थालेको समेत महासंघको भनाइ छ ।

    स्टार्टअप नीति २ जेठमा पारित भएको हो । महासंघका अध्यक्ष ढकालले महासंघ स्टार्टअप एण्ड इनोभेसन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको बताए । धेरै छलफलबाट खारिएर आएकोले स्टार्टअप व्यवसायका लागि महत्त्वपूर्ण हुने उनले बताए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij