काठमाडौं । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई ५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा फरार रहेका सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका ४ का ३८ वर्षीय श्याम लामालाई प्रहरीले पक्राउ गरेको हो ।
२०७६ जेठ २४ गते सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० स्थित मेलम्ची नवलपुर सडक खण्डमा लामाले चलाएको बा ४ ख ७०१८ नम्बरको आईचर ट्रकको दुर्घटना गराई फरार रहेका थिए ।
लामालाई मेलम्ची प्रहरी कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरी जिल्ला अदालत सिन्धुपाल्चोकबाट ४ दिन म्याद थपेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
लामालाई मेलम्ची प्रहरीले जेठ २० गते पक्राउ गरी जिल्ला अदालत चौतारामा पेस गरेको थियो । अहिले उनी जिल्ला कारागारमा थुनामा छन् ।