ढलान गरेको पुलको फर्मा खस्दा ४ जना घाइते

ढलान गरेको पुलको फर्मा खस्दा ४ जना घाइते

मंगलवार, जेठ २२ २०८१
मंगलवार, जेठ २२ २०८१
  • ढलान गरेको पुलको फर्मा खस्दा ४ जना घाइते

    काठमाडौं । सिन्घुली हरिहरपुरगढी गाँउपालिका वडा नम्वर ७ स्थित क्यान खोलामा निर्माण गरिएको पक्की पुलको फर्मा खसेर चोट लाग्दा ४ जना घाइते भएका छन् । 

    घाइतेहरुमध्ये दुई जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य रहेको छ ।  घाइते हुनेहरुमा पर्साको बहुदरमाई नगरपालिका–५ बस्ने ३३ वर्षीय मनोज महतो, सोही ठाउँका ४५ वर्षीय अमलदेव महतो र विनोद महतो तथा सिन्धुलीको हरिहरपुरगढी–७ का ५० वर्षीय मदन घलान छन् । मनोज र अमलदेवको अवस्था मध्यम छ भने विनोद र मदनको अवस्था सामान्य छ ।

    आज बिहान साढे १० बजेतिर भएको यो घटनामा घाइते भएका सबैलाई उपचार गर्न नारायणी अस्पताल वीरगञ्ज लगिएको छ ।

    घटनास्थलमा प्रहरी टोली खटिएर घाइतेहरुको उपचारमा ठेकेदारसँग समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij