मह भन्दै लागुऔषध ओसारपसार गर्न पठाओ राइडरको प्रयोग, २ जना पक्राउ

मह भन्दै लागुऔषध ओसारपसार गर्न पठाओ राइडरको प्रयोग, २ जना पक्राउ

मंगलवार, जेठ २२ २०८१
मंगलवार, जेठ २२ २०८१
  • मह भन्दै लागुऔषध ओसारपसार गर्न पठाओ राइडरको प्रयोग, २ जना पक्राउ

    काठमाडौं । पठाओ राइडरको प्रयोग गरेर लागूऔषधीको कारोबार गर्ने एक महिलासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत थानकोटबाट खटिएको टोलीले सर्लाही बागमती नगरपालिका घर भएकी ३४ वर्षीय माया लामा भनिने सक्कली डिमडुङ र २७ वर्षीय मेघ बहादुर ठकुरीलाई पक्राउ गरेको हो।

    सोमबार सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना६ख ४५४० नम्बरको यात्रुबाहक बसलाई नागढुंगामा प्रहरीले जाँच गर्दा ट्याब्लेट र झोल लागुऔषध बरामद भएको थियो । उक्त लागुऔषध ठकुरी लिएर आएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    ठकुरीले उक्त लागुऔषध नानालाई दिन ल्याएको बताएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानका क्रममा नानाले पठाओ राइडरलाई पैसा दिएर उक्त लागुऔषध ल्याउन पठाएको खुलेको छ ।

    सीसीको बोतलमा मह आएको छ भन्दै पठाओ राइडरलाई लागुऔषध बोक्न प्रयोग गरिएको खुलेको छ । पठाओ राइडरले लागुऔषध रिसिभ गर्नुभन्दा पहिले नै प्रहरीले लागुऔषध बरामद गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij