टुँडिखेल, तीनकुने र हाँडीगाउँमा महानगरले टी-२० विश्वकपको प्रत्यक्ष प्रशारण गर्ने

टुँडिखेल, तीनकुने र हाँडीगाउँमा महानगरले टी-२० विश्वकपको प्रत्यक्ष प्रशारण गर्ने

मंगलवार, जेठ २२ २०८१
मंगलवार, जेठ २२ २०८१
  • टुँडिखेल, तीनकुने र हाँडीगाउँमा महानगरले टी-२० विश्वकपको प्रत्यक्ष प्रशारण गर्ने

    काठमाडौं । काठमाडौँ । ‘टी ट्वान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि काठमाडौँ महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँबाट प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ । नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि नेपाल र नेदरल्याण्ड्सको खेल हुनेछ । यो खेल हेर्नका लागि ठुला एलईडी स्क्रिन राखिनेछन् । 

    महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नवीन भण्डारीले जानकारी दिए । 

    यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ । टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योमाको साङ्गीतिक प्रस्तुति हुनेछ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij