काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि जेठ १८ गते, शुक्रबार सुन मुल्य हालसम्मकै उच्च मुल्यमा पुगेको थियो । त्यस दिन सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा पुगेको थियो ।
सोमबार १ लाख ४१ हजार रुपैयाँमा कायम भएको सुनको मूल्य आज १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।