काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन् । दोषी ठहरिएको सिन्धुपाल्चोकका नारायण विक्रम सिलवाललाई ४२ वर्षपछि सिन्धुपाल्चोक प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको हो ।
२०३९ साल वैशाख महिनामा दुई जना युवतीलाई ललाई फकाई राम्रो काममा लगाइदिन्छु भन्दै भारतको कलकत्ता र बम्बई सहरमा लगेर ४० हजारमा बिक्री गरेको आरोपमा साबिक बरुवा गाविस वडा नम्बर ८ घर भई हाल पाँच पोखरी थाङपाल गाउँपालिका–२ वर्ष ६९ का सिलवाललाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सिलवाललाई मेलम्ची प्रहरी कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरी जिल्ला अदालत सिन्धुपाल्चोकबाट ४ दिन म्याद थपेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सिलवाललाई मेलम्ची प्रहरीले जेठ २० गते पक्राउ गरी जिल्ला अदालत चौतारामा पेस गरेको थियो । अहिले उनी जिल्ला कारागारमा थुनामा छन् ।