काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलभित्र भइरहेको धावनमार्ग विस्तार लागि आउँदो कात्तिक २३ गते देखि ५ महिना सम्मका लागि राती १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा उडान बन्द हुने भएको हो ।
नागरिक उड्डयन प्राधिकरणद्वारा वायुसेवाहरुमा जारी सूचनाअनुसार, विमानस्थलमा जारी निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकाले २०८१ कात्तिक २३ देखि चैत १८ गतेसम्म राती १० बजेपछि उडान हुने छैनन् ।
यो अवधिमा त्रिभुवन अन्तर्राििष्ट्रय विमानस्थल हरेक दिन बिहान ८ बजेपछिमात्रै खुला हुने छ । अहिले काठमडौं विमानस्थल बिहान ६ बजे खुलेर राती २ बजेसम्म सेवा दिँदै आएको छ ।
यो अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र निर्माणको काम गर्दै आइरहेका तीनवटा निर्माण व्यवसायीहरुले धावनमार्गको उत्तर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी(वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्ने लगायतका काम गर्नेछन् । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ ट्याक्सी–वे निर्माण भइरहेको छ।