काठमाडौं । इलामको चुलाचुलीमा रतुवा खोलाले जिप बगाँउदा बेपत्ता बच्चा र महिला मृत फेला परेको छ। मृत फेला पर्नेमा इलामको माङसेवुङ–५ कि सर्मिला फागो र माङसेवुङ–३ की निरु लिम्बूका ३ वर्षीय छोरा नियन नेम्वाङ रहेका छन् ।
निरु लिम्बूलाई भने घाइते अवस्थामा उद्वार गरी उपचारार्थ दमकको लाइफलाईन अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । इलामको लारूम्बा गाउँबाट दमकतिर आउँदै गरेको बोलेरो जिपलाई इलामकै चुलाचुली गाउँपालिका वडा ५ चपेटीभन्दा माथिको रतुवा खोलाले बगाएको थियो।
बुलेरोमा सवारमध्ये ३ जना खोलाबाट पौडेर बाहिर निस्केका छन् । चालक भने सम्पर्क बाहिर छन् ।