टी-२० विश्वकप विजेताले कम्तीमा ३२ करोड पुरस्कार पाउने

टी-२० विश्वकप विजेताले कम्तीमा ३२ करोड पुरस्कार पाउने

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • टी-२० विश्वकप विजेताले कम्तीमा ३२ करोड पुरस्कार पाउने

    काठमाडौं ।आइसिसी टी-२० विश्वकपको विजेताले कम्तिमा २.४५ मिलियन अमेरिकी डलर पुरस्कार (३२ करोड ५६ लाख रुपैयाँ बढी) पाउने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सोमबार एक विज्ञप्ति जारी गरी टी–२० विश्वकपका लागि  पुरस्कार रकम घोषणा गरेको हो ।

    २० टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिताको फाइनल बार्बाडोसको किङ्गटनमा हुँदैछ। सो फाइनलमा पराजित हुने टोलीले १.२८ मिलियन डलर प्राप्त गर्नेछन्। सेमिफाइनलमा हार्ने टोलीले ७ लाख ७८ हजार डलर प्राप्त  गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशी ११.२५ मिलियन डलर रहेको छ।  जुन टी-२० विश्वकप विजेताले पाउने इतिहासकै धेरै पुरस्कार रकम हो। 

    विश्वकपको उपविजेताले १२ लाख २८ हजार अमेरिकी डलर पाउनेछन् । त्यस्तै प्रतियोगितामा सहभागी सबै टिमले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन् । आईसीसीको यो घोषणा अनुसार नेपालले पनि २ लाख २५ हजार डलर पाउनेछ । प्रतियोगितामा नेपाल समूह ‘डी’ छ। 

    टी–२० विश्वकपको सेमिफाइनलमा पुगेका बाँकी दुई टिमले जनही ७ लाख ८७ हजार डलर पाउनेछन् । क्वार्टरफाइनलमा पुगेका तर सेमिफाइनल पुग्न नसकेका ४ टिमले जनही ३ लाख ८२ हजार डलर पाउनेछन् । नवौं, दशौं, ११ र १२ स्थानमा रहने टिमले २ लाख ४७ हजार डलर पाउनेछन् भने १३ देखि २० औं स्थानमा रहनेले २ लाख २५ हजार डलर पाउनेछन् । 

    टी–२० विश्वकपमा २८ दिनभित्र ५५ खेल हुनेछ । प्रतियोगिताको पुरस्कार वितरण २९ जुनमा बार्बाडोसको किङ्स्टन ओभलमा दिइनेछ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij