महानगरपालिकाले भत्काएको सडक पुनः पिच गर्दै सडक विभाग, बालेन समर्थकको विरोध

महानगरपालिकाले भत्काएको सडक पुनः पिच गर्दै सडक विभाग, बालेन समर्थकको विरोध

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • महानगरपालिकाले भत्काएको सडक पुनः पिच गर्दै सडक विभाग, बालेन समर्थकको विरोध

    काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि भत्काएको पिच टाल्न पुगेका सडक विभागका मजदुर र मेयर बालेन्द्र शाहका समर्थकबीच विवाद भएको छ । 

    सोमबार महानगरपालिकाले काटेको उक्त सडक टाल्न सडक विभागको टोली पुगेको थियो । तर नगर प्रहरी पुगेपछि त्यहाँ केहीबेर विवाद सिर्जना भएको छ । 

    अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ ।

    मेयर शाहको निर्देशनमा गत जेठ २० गते न्युरोडको सडक काटिएको थियो । जुन काम हुन नदिएपछि मेयर शाहले सांकेतिक रुपमा सडक विभागको गेटमा एक ट्रक फोहोर खन्याएका थिए । त्यसपछि बढ्दै गएको विवाद कार्यापालिका बैठकमा समेत पुगेका थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij