आज कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

आज कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • आज कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

    काठमाडौं । कोशी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । 

    निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको कांग्रेस आजको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको छ।

    आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले वार्षिक नीति तथा कार्यक्रम स्विकृत गर्दै सोमबार दिउँसो ४ बजे वार्षिक नीति तथा कार्यक्रम सम्बोधनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गलाई अनुरोध गर्ने निर्णय गरेको थियो । यस्तै, महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन–२०८१ प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति प्रदान गरेको छ।

    कांग्रेसले २७ वैशाखमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका कारण मुद्दा किनारा नलागेसम्म बैठकमा उपस्थित नहुने बताउँदै आएको थियो ।

    कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij