ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको अभियानमाथि सर्वोच्चको रोक

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको अभियानमाथि सर्वोच्चको रोक

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको अभियानमाथि सर्वोच्चको रोक

    काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकका रूपमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

    कुनै ऐन, कानुनमा नभएको विषयलाई गृहमन्त्रीले मौखिक रूपमा आदेश दिँदै मानिसलाई सडकमा खटाएको भन्दै सर्वोच्चमा कृष्ण विकलगायतले रिट दिएका थिए । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊसहित निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

    यसअघि जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था मिलाएको बताएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij