यार्सा संकलन गर्ने क्रममा लेक लागेर मृत्यु हुनेको संख्या ५ पुग्यो

यार्सा संकलन गर्ने क्रममा लेक लागेर मृत्यु हुनेको संख्या ५ पुग्यो

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • यार्सा संकलन गर्ने क्रममा लेक लागेर मृत्यु हुनेको संख्या ५ पुग्यो

    काठमाडौं । यार्सा संकलन गर्न क्रममा लेक लागेर ५ जनाको मृत्यु भएको छ । जेठ १५ गतेदेखि यार्सा पाइने पाटन क्षेत्र संकलनकर्ताहरु लागि खुल्ला गरेपछि पाटन क्षेत्रमा पुगेका यार्सा संकलकहरुमध्ये ५ जनाको मृत्यु भएको हो । 

    लेक लागेर बिरामीको संख्या बढ्न थालेपछि जिल्ला अस्पातलबाट डाक्टरसहितको टोली मुगुम कार्मारोङ गाँउपालिका–२ मुगुम गाउँ हिंडेको छ । 

    बैशाख २६ गतेदेखि जेठ २० गतेसम्म लेक लागेर यार्सा संकलन गर्न पुगेका ५ जनाको मृत्यु भएको हो। जसमा बैशाख २६ गते जुम्ला जिल्ला पातारासी गाँउपालिका—३ का २७ बर्षिय सुर्य रावतको मृत्यु भएका थियो । 

    त्यस्तै,  जेठ १८ गते छाँयानाथ रारा नगरपालिका–१२ का २९ वर्षीय मानबहादुर बुढा, सोही वडाका २१ वर्षीय सुमन बुढा र  सोही वडाकै २४ वर्षीय राजन सावत  र छाँयानाथ रारा नगरपालिका १० का २० वर्षीय देबराज बुढाका  जेठ १९ गते उपचार गर्न सदरमुकाम गमगढी ल्याउँदै गर्दा बिच बाटोमा मृत्यु भएको थियो। 

    लेक लागेर पाँच जनाको मृत्यु भएको र अन्य संकलन कर्ता समेत बिरामी पर्न थालेपछी आइतबार जिल्ला अस्पातलबाट डाक्टरसहितको स्वास्थ्यकर्मी टोली सो स्थानमा पठाइएको छ । 

    उनीहरुको साथमा आवश्यक अक्सिजन औषधी पठाइएको छ भने थप औषधी सहित अन्य सामग्री र स्वास्थ्यकर्मिको टोलीलाई समेत उक्त स्थानमा पठाइदिन गृह मन्त्रालय मार्फत नेपाल सरकारलाई अनुरोध गरिएको छ ।

    उच्च हिमाली पाटनहरुमा पाइने बहुमुल्य, बहुउपयोगी यार्सागुम्वा टिप्नका लागि पाटन पुगेका अधिकांश व्यक्तिहरु लेक लाग्ने, पेट दुख्नुका साथै  झाडा पखाल र रुघा खोकीको समस्याले पाटनबाट आ–आफ्नो गाउँ घरतिर झर्न थालेको जनाइएको छ । 

    मुगुम कार्मारोङ गाँउपालिका—१ डोल्पु  सोही गाँउपालिका–२ मुगुम गाउँका एक दर्जन भन्दा बढी पाटन क्षेत्रमा यार्सा संकलनका लागि गाँउपालिकाले जेठ १५ देखि असार १५ सम्म १ महिनाको लागी खुल्ला गरेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij