प्रहरीद्धारा स्वर्गद्वारी गुठी पीडितमाथि अश्रुग्याँस प्रहार, ४ जना घाइते

प्रहरीद्धारा स्वर्गद्वारी गुठी पीडितमाथि अश्रुग्याँस प्रहार, ४ जना घाइते

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • प्रहरीद्धारा स्वर्गद्वारी गुठी पीडितमाथि अश्रुग्याँस प्रहार, ४ जना घाइते

    काठमाडौं । दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्द गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ । झडपमा चार जना घाइते भएका छन् । घाइतेलाई राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको छ ।

    स्वर्गद्वारी गुठी पीडित किसानहरुले आफूहरुका माग सम्बोधन नभएको भन्दै दाङको घोराहीमा रहेको मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका थिए । उनीहरुले कार्यालय घेरेका थिए ।

    प्रहरीले कार्यालय खुलाउने क्रममा बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।

    अप्रिय घटना हुन नदिन १० राउन्ड अश्रुग्याँस प्रहार गरेको छ। सरकारले आफूहरुसँग पटक–पटक सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाबस्वरुप तालाबन्दी गर्नुपरेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij