रनवेबाटै फर्काइयो धनगढी उड्न लागेको श्री एअरको जहाज

रनवेबाटै फर्काइयो धनगढी उड्न लागेको श्री एअरको जहाज

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • रनवेबाटै फर्काइयो धनगढी उड्न लागेको श्री एअरको जहाज

    काठमाडौं । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाजको उडानमा रोक लगाइएको छ । धावनमार्ग पुगिसकेको जहाजलाई पुनः पार्किङमा फर्काइएको हो ।

    त्रिभुवन विमानस्थलका अनुसार एसएचए २२१ उडान नम्बरको जहाज धावनमार्गबाट उड्न रोक लगाउदै फर्काइएको छ ।

    जहाजभित्र इन्धनको गन्ध आएपछि प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको छ । उडान तालिका अनुसार सो जहाज काठमाडौं बाट बिहान साढे ८ बजे उड्नुपर्ने थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij