सुनसरीबाट एक करोड एक लाखसहित हुन्डि कारोबारी पक्राउ

सुनसरीबाट एक करोड एक लाखसहित हुन्डि कारोबारी पक्राउ

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • सुनसरीबाट एक करोड एक लाखसहित हुन्डि कारोबारी पक्राउ

    काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीबाट एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । शनिबार राती हुन्डिको आशंकामा एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगर गाउँपालिका–५  बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारी रहेका छन् ।

    सुनसरीको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।

    बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (४ लाख) रहेको छ ।

    रकमसँगै कार र  चालक अन्सारीलाई नियन्त्रणमा लिइएको छ ।

    प्रारम्भिक सोधपुछमा अन्सारीले सो रकमको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ । नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहिका लागि रजास्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij