संघीय सदनमा आजबाट बजेटमाथिको छलफल सुरु हुँदै

संघीय सदनमा आजबाट बजेटमाथिको छलफल सुरु हुँदै

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • संघीय सदनमा आजबाट बजेटमाथिको छलफल सुरु हुँदै

    काठमाडौं । संघीय संसदको दुबै सदनको बैठकमा आर्थिक बर्ष २०८१/८२को बजेट माथिको छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक २० गते आइतबार ११ वजेको लागि बोलाइएको छ ।

    दुबै सदनको बैठकको संभावित कार्यसूचि प्रकाशित भएको छ । प्रकाशित कार्यसूचिमा राजश्व र व्ययको बार्षिक अनुमान माथि छलफल गर्ने उल्लेख गरिएको छ ।बैठकमा अर्थमन्त्री बर्षमान पुनले वक्तव्य सहित आर्थिक बर्ष २०८१/८२को राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

    लगतै राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल प्रारम्भ हुने छ । यसैवीच नेकपा एमाले संसदीय दलको बैठक आज बस्यो । बैठकमा बजेटमाथिको छलफलमा सक्रिय सहभागि हुन र बजेटमा रहेका कमीकमजोरी औल्याउन संसदीयदलका नेता ओलीले एमाले सांसदहरुलाई निर्देशन दिएका छन् ।

    अध्यक्ष ओलीले सरकारले परामर्ष नगरी बजेट प्रस्तुत गरेको भन्दै बजेटमा महत्वपूर्ण विषयहरु छुटेको र कतिपय अवस्थामा सन्तुलित पनि नभएको भन्दै छलफलमा नमिलेका कुराहरु उठाउन एमाले सांसदहरुलाई निर्देशन दिएका हुन् ।

    नेकपा माओवादी संसदीयदलको पनि हिजो नै बैठक बसेर बजेट माथिको छलफल प्रभावकारी बनाउन निर्देशन भैसकेको छ । प्रधानमन्त्री एवं माओवादी संसदीय दलका नेता पुषपकमल दाहाल प्रचण्डले संसदीय दलको बैठकमा सन्तुलित र समाजवादउन्मुख बजेट ल्याइएको बताएका छन् ।

    संबैधानिक व्यवस्था अनुसार जेठ १५ गते संयुक्त सदनको बैठकमा सरकारले आर्थिक बर्ष २०८१/८२को राजस्व र व्ययको बार्षिक अनुमान बजेट प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ। सोही बजेट माथिको छलफल भोलिबाट प्रारम्भ गर्न दुबै सदनको बैठक बोलाइएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij