काठमाडौं । दाङमा शनिबार बेलुका आएको हावाहुरी सहितको पानीले घर भत्किँदा एक जनाको च्यापिएर मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका-१२ रजेना निवासी ७० वर्षीय कुलबहादुर नामले चिनिने भगवान केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
खत्रीको परिवारमा तीनजना रहेका थिए । तर, हावाहुरीको समयमा घरमा वृद्ध दम्पती मात्र रहेको र हावाहुरी सहित आएको पानीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर उनको मृत्यु भएको हो ।
उनकी श्रीमती भने सकुशल रहेकी छिन् । हावाहुरीले जिल्लाका केही घरका छाना समेत उडाएको पाइएको छ ।