अब काठमाडौंका सार्वजनिक शौचालय नि : शुल्क, पैसा लिए कारबाही हुने

अब काठमाडौंका सार्वजनिक शौचालय नि : शुल्क, पैसा लिए कारबाही हुने

शनिवार, जेठ १९ २०८१
शनिवार, जेठ १९ २०८१
  • अब काठमाडौंका सार्वजनिक शौचालय नि : शुल्क, पैसा लिए कारबाही हुने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै सार्वजनिक शौचालयहरु निःशुल्क सञ्चालनमा ल्याउने भएको छ । शुक्रबार सूचना जारी गर्दै महानगरले निर्माण भएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयमा सेवाग्राहीसँग कुनै पनि शुल्क लिन नपाउने व्यवस्था गरेको बताएको छ। 

    ‘निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि महानगरले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने छ,’ सूचनामा भनिएको छ। 

    सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्न समेत अनुरोध गरेको छ। 

    यस्तै, तोकिएको समयपछि महानगरभित्रका सबै सार्वजनिक शौचालयहरू निःशुल्क सञ्चालन गर्नुपर्नेछ। यदि सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोग बापत कुनै प्रकारको शुल्क लिएमा कारबाही गरिने महानगरले बताएको छ।

    साथै, कुनै सरकारी निकाय, गैरसरकारी संस्था वा निजी क्षेत्रबाट आफ्नो परिसरभित्र वा बाहिर सार्वजनिक शौचालय सञ्चालन गरिरहेको हकमा समेत निःशुल्क शौचालय सेवा उपलब्ध गराउन अनुरोध गरेको छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij