काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा ५ हजार ३ सय रुपैयाँले बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९ सय रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २ सय ५० रुपैयाँ कायम थियो ।
यस्तै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम छ । यो तोलामा ५ हजार ३ सय रुपैयाँको वृद्धि हो ।
यो साता नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भयो । नेपालमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ अहिलेसम्म पुगेको थिएन । यस्तै यो साता चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्मको अवधिमा १८ सय ७५ रुपैयाँ कायम भएको छ ।