काठमाडौं महानगरले माग्यो २४१ जना नगर प्रहरी

काठमाडौं महानगरले माग्यो २४१ जना नगर प्रहरी

शनिवार, जेठ १९ २०८१
शनिवार, जेठ १९ २०८१
  • काठमाडौं महानगरले माग्यो २४१ जना नगर प्रहरी

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ । आज एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिकाले करार सेवामा २ सय ४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको हो ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।

    योग्यता पुगेका नागरिकले ७ दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस दिन आग्रह गरिएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij