ललितपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

ललितपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

शनिवार, जेठ १९ २०८१
शनिवार, जेठ १९ २०८१
  • ललितपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

    काठमाडौं । ललितपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोकिएर दुर्घटना हुँदा दुवै सवारी साधनका चालकको मृत्यु भएको छ । 

    गएराति साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका–४ टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०५६ नम्बरको स्कुटर ठोक्किँदा दुवै सवारी साधनका चालक गम्भीर घाइते भएका थिए।

    स्कुटर चालक काठमाडौं घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको किस्ट अस्पतालमा र मोटरसाइकल चालक खोटाङ साकेला घर भई लुभुमा बस्ने वर्ष २६ का लोकेश राईको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    राति भएको दुर्घटनापछि अस्पताल पुर्याइएका घाइते दुवै जनाको आज बिहान मृत्यु भएको हो । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij