नेपाल प्रहरीका ४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका ४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

शनिवार, जेठ १९ २०८१
शनिवार, जेठ १९ २०८१
  • नेपाल प्रहरीका ४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

    काठमाडौं । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीका ४ प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको लागि सिफारिस गरेको छ।

    शुक्रबार बसेको बढुवा समितिको बैठकले ४ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो । यसरी सिफारिसमा पर्नेमा प्रदीप बहादुर क्षेत्री, नारायण रन्जितकार, अनन्तराम शर्मा र एकनारायण कोईराला रहेका छन् । 

    बढुवा सिफारिसमा परेका चारैजना अधिकृत २०६१ जेठ १५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्।  

    received.jpeg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij