नारायणीमा डुबेर एक युवकको मृत्यु

नारायणीमा डुबेर एक युवकको मृत्यु

शुक्रवार, जेठ १८ २०८१
शुक्रवार, जेठ १८ २०८१
  • नारायणीमा डुबेर एक युवकको मृत्यु

    काठमाडौं । पूर्वी नवलपरासीमा नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । गै‌डाकोटस्थित नारायणी नदीको दोभानघाटमा गैंडाकोट गाउँपालिका १४ का २८ वर्षका सुनील राना मगरको मृत्यु भएको हो । 

    माछा मार्ने क्रममा नारायणीमा डुबेको खबर पाएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएकाे छ । माछा मार्न गएका राना राति अबेरसम्म पनि घर नआएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij