सप्तरी । सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजविराज नगरपालिका–१ पडरियाका १७ वर्षीय किशोरलाई आज आठ वर्षको कैद सजाय सुनाएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलाशले ५० हजार रुपैयाँ क्षतिपूर्ति, ३६ हजार ३ सय ३३ रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
विद्यालय पढ्न गएकी बालिका (परिवर्तित नाम (१६५)लाई विभिन्न प्रलोभन देखाइ ती किशोरले २०७९ साल कात्तिक २ गते राजविराजस्थित राजदेबीहोटलमा लगेर बलात्कार गरेका थिए । पीडितकी आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन । होटलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले २०८० साल असोज २४ गते पुनःउजुरी दर्ता गरेको थियो ।
आरोपित किशोर २०८० साल असोज २४ गते पक्राउ परेका थिए । जिल्ला अदालतमा २०८० साल कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधारगृह वीरगञ्ज पठाएको थियो ।